सप्तरी, २२, कात्तिक
मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा निर्वाचन आचारसंहितालाई कडाइका साथ राजनीतिक दल, संघसंस्था र सर्वसाधारणले पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीले अपिल गरेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन अवधि सम्म आचारसंहिताको पूर्ण पालना गर्दै प्रचारप्रसार गर्न विभिन्न राजनीतिक दललाई आग्रह गरेका हुन् । विज्ञप्तिमा केही व्यक्ति वा संघसंस्थाले बाढीपीडितलाई राहत वितरण गरी रहेको प्रति ध्यानाकर्षण भएको भन्दै निर्वाचन सम्पन्न नहुञ्जेल सम्म कुनै पनि बहानामा सरकारी निकायद्वारा प्रदान गरिने नियमित क्षतिपूर्ति तथा राहत बाहेक अन्य कुनै पनि व्यक्ति वा समुदाय, राजनीतिक दल, संघसंस्थाले राहत वितरण नगर्न नगराउन समेत आग्रह गरिएको छ ।
रासस





























प्रतिक्रिया