भक्तपुर, २० कात्तिक ।
भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका दमननाथ ढुंगानाले आफूलाई पर्यटक उम्मेदवार भनेर प्रचार नगरिदिन आग्रह गरेका छन् ।
रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको उम्मेदवार अन्तरक्रिया कार्यक्रममा उनले भने, “भक्तपुर म हुर्केबढेको पढेको ठाउँ, यहाँ मेरो जग्गा जमिन छ, त्यसैले म पर्यटक वा पाहुना उम्मेदवार होइन ।”
देशभर वाम गठबन्धन बनेका बेलामा भक्तपुरमा सो गठबन्धनसँग लड्न सक्ने मान्छेको खोजी गर्दा आफू उम्मेदवार बन्नुपरेको बताउँदै ढुंगानाले भने, “वाम गठबन्धनसँग लड्न सक्ने व्यक्ति म मात्रै हो भन्ने पार्टीले मूल्यांकन गरेकाले मलाई पार्टीले उम्मेदवार बनाएर पठायो, उम्मेदवार बन्न भक्तपुरकै बासिन्दा हुनुपर्छ भन्ने छैन ।” पूर्वसभामुख ढुंगानाले अहिले भक्तपुरको भविष्यसँग जोडिएर आफ्नो उम्मेदवारी आएको बताए ।
कार्यक्रममा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा९एमाले०का युवा नेता महेश बस्नेतले लोकतन्त्रमा जीतहारको कुराभन्दा पनि स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिँदै आफ्ना पिताका उमेरका ढुंगानासँग प्रतिस्पर्धा गर्न पाउनु सौभाग्य भएको प्रतिक्रिया दिए ।
स्थिर सरकार र मुलुकको समृद्धि एवं भक्तपुरको समग्र विकासका लागि आफ्नो उम्मेदवारी परेको बताउँदै उनले २०७० सालमा संसद्को निर्वाचनमा आफूले पराजय भोगेपछि भक्तपुरको सेवामा समर्पित भएकाले त्यसको मूल्यांकन हुने जिकिर गरे ।
बस्नेतले भने, “ भक्तपुरको विकास र गौरवलाई उँचाइमामा पुर्याउन मेरो उम्मेदवारी हो ।” आफू उद्योगमन्त्री हुँदा आफ्नै पहलमा भक्तपुरमा रु चार अर्बको विकास बजेट ल्याएर विकासका काम तीव्र पारेको जिकिर उनले गरे ।





























प्रतिक्रिया