काठमाडौं , २०, कात्तिक
एमाले र माओवादी केन्द्रले पार्टी एकता संयोजन समितिका तर्फबाट सुरु गर्न लागेको ताप्लेजुङ–दार्चुला अभियान स्थगित गरेका छन् । "/>

वाम गठबन्धनको ताप्लेजुङ–दार्चुला अभियान स्थगित

वाम गठबन्धनको ताप्लेजुङ–दार्चुला अभियान स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , २०, कात्तिक
एमाले र माओवादी केन्द्रले पार्टी एकता संयोजन समितिका तर्फबाट सुरु गर्न लागेको ताप्लेजुङ–दार्चुला अभियान स्थगित गरेका छन् । एकता र तालमेलको सन्देश दिन आइतबारबाट सुरु गर्ने भनिएको एकहप्ते अभियान स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । अभियानको पहिलो कार्यक्रम अन्तर्गत एमाले अध्यक्ष केपी ओली आइतबार ताप्लेजुङमा आयोजित चुनावी सभामा सहभागी भए पनि चुनावी कार्यक्रमको व्यस्तताका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड सहभागी भएनन् । उनी आफ्नो चुनावी क्षेत्र चितवन–३ मा व्यस्त छन् । ‘नेताहरूको चुनावी व्यस्तताका कारण अहिलेलाई अभियान स्थगित भएको छ, आपसी सल्लाहमा फेरि सुचारु हुन सक्छ,’ श्रेष्ठले भने । यद्यपि जिल्ला देखि गाउँ तहसम्म संयुक्त भेला, चुनावी सभा लगायत कार्यक्रम भने जारी रहेको उनले बताए ।
नयाँपत्रिकाबाट

Logo