काठमाडौं , २०, कात्तिक
आसन्न निर्वाचनमा नेपाली काँग्रेसले काभ्रे क्षेत्र नम्बर १ को प्रदेशसभा तर्फ ‘ख’ मा गणेश लामालाई टिकट दिएपछि उनको बारेमा विभिन्न टिकाटिपप्पणी हुन थालेको छ । खासगरि गुण्डागर्दीमा संलग्न भएको आरोप लागेका लामाको राजनीतिक एवं पारिवारिक पृष्ठभुमिबारे खासै चर्चा भएको पार्इंदैन । यस अघि सम्पन्न संविधानसभा निर्वाचनमा विजयकुमार गच्छदारको नेतृत्वमा रहेको तत्कालिन फोरम लोकतान्त्रिक पार्टीबाट उमेद्वारी दिई सम्मानजनक मत प्राप्त गरेका लामा आफ्नो क्षेत्रमा भने फरक चर्चित युवा नेताको रुपमा परिचित छन् । आफ्नो गाउँ ठाउँमा नीजि लगानीमै भएपनि विकास योजना सम्पन्न गर्ने गरेका लामा विशेष गरि युवामाझमा लोकप्रिय देखिन्छन् । उनलाई गुण्डागर्दीबाट अकुत सम्पत्ति कमाएको आरोपमा मुद्धा खेपिरहेका मात्र हैन विभिन्न आपराधिक क्रियाकलापमा प्रहरीले नियन्त्रणमा लिई कैयौं पटक अनुसन्धान गरेको थियो । उनी भन्छन्– मिडियाले मेरो नकारात्मक मात्र प्रचार गरेको छ । म पहिले देखि नै राजनीतिक पृष्ठभुमिको व्यक्ति हुँ ।
तत्कालिन खहरेपाँगु गाविस हाल रोशी गाउपालिका १ निवासि लामा बच्चै देखि काठमाडौंमा हुर्किएका हुन् । दुई पटक प्रधानपञ्च, तत्कालिन जिल्लाविकास समितिको उपसभापति समेत भैसकेको लामाको पिता राप्रपाबाट काँग्रेसमा प्रवेश गरेका थिए । ‘म एसएलसी पास भएदेखि नै राजनीतिमा संलग्न छु’ लामा भन्छन्– मेरो राजनीतिक जिवनको बारेमा कुनै पनि मिडियाले लेखेनन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया