महोत्तरी, २०, कात्तिक
नेपाली कांग्रेसले महोत्तरी ३ मा आफ्ना उम्मेदवार बजरंग नेपालीलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । नेपालीको उम्मेदवारी फिर्तासँगै कांग्रेसले राजपा संयोजक महन्थ ठाकुरलाई समर्थन गर्ने भएको हो । हुन त बृहत् लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास कांग्रेस –राजपा बीच नभएको होइन । यी दुई पार्टी बीच दुबैका शीर्ष नेतालाई जिताउने गरी तालमेल गर्ने बारेमा पनि छलफल भएको थियो । तर धनुषा ३ मा विमलेन्द्र निधि र राजेन्द्र महतो दुबैले दाबी गरेपछि गठबन्धनको प्रयास असफल भएको थियो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया