पोखरा, १९, कात्तिक
चिकित्सकको लापरबाहिले सुत्केरीको मृत्यु भएको भन्दै पोखरा लेखनाथ महानगरपालिका ९ नयाँबजार स्थित गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा शनिबार दिनभर तनाब भएको छ । "/>

सुत्केरीको मृत्युपछि गण्डकी मेडिकल कलेज तनावग्रस्त

सुत्केरीको मृत्युपछि गण्डकी मेडिकल कलेज तनावग्रस्त

केन्द्रबिन्दु
0
Shares

पोखरा, १९, कात्तिक
चिकित्सकको लापरबाहिले सुत्केरीको मृत्यु भएको भन्दै पोखरा लेखनाथ महानगरपालिका ९ नयाँबजार स्थित गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा शनिबार दिनभर तनाब भएको छ । स्याङ्जा जिल्ला अर्जुन चौपारी घरभई हाल पोखरा ९ नागढुङ्गा बस्ने वर्ष १९ की गीता अर्यालको मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको हो ।आक्रोशित मृतकका आफन्तले अस्पताल अगाडि सडक बन्द गरी टायर बालेर चिकित्सक , अस्पताल, प्रशासन र प्रहरी विरुद्ध नाराबाजी गरेपछि प्रहरीले बल प्रयोग गरि उनिहरुलाई तितर बितर पारेर बन्द सडक खुलाएको थियो । आन्दोलनका कारण अस्पताल वरिपरि दिनभर तनाबमय बनेको थियो । यसअघि आफन्तले मेडिकल कलेजमा तालाबन्दी समेत गरेका थिए भने लगतै प्रहरीले तालाबन्दी खुलाएको थियो । हाल अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।
नयाँ पत्रिकाबाट

Logo