काठमाडौं,१८,कात्तिक
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेका वाम गठबन्धन नेकपा एमाले र नेकपा माओवादी केन्द्रभित्र टिकट वितरणमा नातावाद र पैसावाललाई दिएको भन्दै असन्तुष्टि चुलिएको छ। १ सय ६५ वटा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा चुनावी तालमेल गरेको एमाले र माओवादी केन्द्रले टिकट वितरणमा विधि र पार्टी पद्धतिलाई बेवास्ता गरेको भन्दै नेतृत्वप्रति तीव्र असन्तुष्टि देखिएको छ। दुवै पार्टीले टिकट वितरण गर्दा नातावाद र पैसावाल रोजेको भन्दै कार्यकर्ता रुष्ट भएका छन्। पार्टीमा निरन्तर रूपमा लामो समय काम गरेका, जेल जीवन बिताएका, सशस्त्र द्वन्द्वको समयमा योगदान गरेका व्यक्तिलाई भन्दा पनि नेताहरूको मनोमानी ढंगले टिकट वितरण भएको भन्दै पार्टी केन्द्र देखि स्थानीय तहसम्म नै असन्तुष्टि देखिएको छ। टिकट वितरणमा नेताहरूले भेदभाव गरेको भन्दै मनोनयन दर्ताका क्रममा बागी उम्मेदवारी दिए पनि कारबाही गर्ने चेनावनीपछि नेताहरू उम्मेदवारी फिर्ता लिन बाध्य भएका छन् ।
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा टिकट वितरण प्रति असन्तुष्टि जनाउँदै एमाले र माओवादीबाटै आफ्ना नेता विरुद्ध बागी उम्मेदवारी दिएका नेताले पार्टीको दबाबमा उम्मेवारी फिर्ता लिएका थिए । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बिहीबार भएको मनोनयन दर्ताका क्रममा पनि वाम गठबन्धन भित्र दर्जनौं बागी उम्मेदवारी परेको छ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया