उम्मेद्वारी चित्त बुझेन ? आज उजुरी दिने दिन

उम्मेद्वारी चित्त बुझेन ? आज उजुरी दिने दिन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ १७ कार्तिक । 

दोस्रो चरण अन्तर्गत आगामी मङ्सिर २१  गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि  ४५ जिल्लामा बिहिबार मनोनयन दर्ता सम्पन्न भएको छ  ।  मनोनयन दर्ता गराएका उम्मेद्वारको बिरोधमा आज शुक्रबार उजुरी दिन सक्ने कार्यतालिका छ । सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेद्वारको बिरोधमा उजुरी दिन सकिने छ  । आयोगका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उजुरी दिन सकिने छ । 

कात्तिक १८ गते मनोनयनपत्र र उजूरीमाथि जाँचबूझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यसैगरी, कात्तिक १९ गते उम्मेदवारले नाम फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ। उम्मेदवारहरूले निर्वाचन चिह्न प्राप्त गरेपछि औपचारिकरूपमा चुनावी प्रचारप्रसारको अवधि शुरू हुने छ । 

दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुदैछ ।

Skip This
Skip This
Logo