काठमाडौँ, १७, कात्तिक
दोस्रो चरण अन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार हजार ७०८ जनाको उम्मेदवारी परेको छ । उक्त उम्मेदवारी ४५ जिल्लामा प्रतिनिधिसभा तर्फ १२८ र प्रदेशसभा तर्फ २५६ सदस्य पदका लागि परेको हो । निर्वाचन आयोग स्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र बाट बेलुका ८ः३० बजे सम्मको विवरण अनुसार, प्रतिनिधि सभातर्फ १ हजार ७४२ र प्रदेश सभातर्फ दुई हजार ९६६ उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधि सभा तर्फ १२६ र प्रदेश सभातर्फ २०९ गरी जम्मा ३३४ महिलाको उम्मेदवारी परेको सूचना प्राप्त भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
रासस































प्रतिक्रिया