यि सुन्दरी, जसले गरे इन्टरनेट कब्जा

यि सुन्दरी, जसले गरे इन्टरनेट कब्जा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १६ कात्तिक । सेलिब्रेटी होइनन्, उनीहरु । न धनाढ्य नै । उधुम मच्याउने काम पनि गरेका छैनन् । बस्, फोटो खिचेर सोसल साइटमा अपलोड गरेका छन् । यतिकै भरमा उनीहरु इन्टरनेटमा भाइरल बनेका छन् ।

प्रसंग सुरु गरौं, एरियेनी सेलेस्टेबाट । अमेरिकामा बसोबास गर्ने उनी सामन्य मोडल हुन् । यिनी टेलिभिजन पर्सनालिटीको रुपमा पनि चिनिन्छिन् । उमेरले ३१ बर्ष काटेकी उनलाई सोसल मिडियामा पच्छ्याउने लाखौं छन् । केवल इन्स्टाग्राममा मात्र उनलाई २६ लाखले फलो गरेका छन् । अहिले उनले स्न्यापच्याटमा पनि धुम मच्याएकी छिन् । हरेक दिन हट फोटो अपलोड गरेर एरियेनीले वाहवाही बटुलेका छन् ।

अर्की छिन्, डेमी रोजी माउबाइ । यि बेलायती युवती पनि इन्टरनेटमा चर्चित छिन् । बर्मिघममा बस्ने उनको इन्स्टाग्राममा ३६ लाख फलोअर्स छन् ।
जेसिका क्रिबनले पनि सोसल मिडियामा हंगमा मच्याएकी छिन् । उनी अष्ट्रेलियन मोडल हुन् । इन्स्टाग्राममा उनलाई करिव ६ लाखले फलो गरिरहेका छन् । अहिले अमेरिकामा बसोबास गरिरहेकी उनको विश्वभरका फलोअर्स छन् ।

लिन्ड्से पेल्सलाई इन्स्टाग्राममा ५६ लाखले पच्छ्याएका छन् । यि २५ बर्षिय सुन्दरी अमेरिकामा बस्छिन् । उनले स्न्यापच्याटमा पनि धुम मच्याएकी छिन् ।
टुची कस चाहि मोडल हुन् । उनलाई इन्स्टाग्राममा १५ लाखले फलो गरेका छन् । हरेक दिन उनी आफ्नो हट फोटो इन्स्टाग्राममा अपलोड गर्छिन् ।

केन्थल जेलस, जसको इन्स्टाग्राममा ४० लाख फलोअर्स छन् । स्न्यापच्याटमा पनि उनको सौन्दर्यको पारख गर्नेहरु धेरै छन् ।

न्युजील्यान्डमा बसोबास गर्ने गेमा ली फेरल पनि इन्टनेटमा चर्चित छिन् । उनलाई इन्स्टाग्राममा पच्छ्याउनेको संख्या १० लाख बढी छ । हरेक दिन हट फोटो अपलोड गरेर उनले फलोअर्स बढाइरहेकी छिन् ।

Logo