कञ्चनपुर, १५, कात्तिक
जंगली हात्तीको झुण्डले पु¥याउने नोक्सानी न्यूनीकरण गर्न लालझाडी गाउँपालिकाले टर्च लाइट वितरण गरेको छ । "/>

जंगली हात्ती भगाउन टर्चलाइट वितरण

जंगली हात्ती भगाउन टर्चलाइट वितरण

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर, १५, कात्तिक
जंगली हात्तीको झुण्डले पु¥याउने नोक्सानी न्यूनीकरण गर्न लालझाडी गाउँपालिकाले टर्च लाइट वितरण गरेको छ । हात्तीको झुण्ड भगाउनका लागि गाउँपालिकाले ६१ हजार रकम खर्चेर ६० थान टर्चलाइट वितरण गरेको हो । “हात्तीले क्षति पु¥याउने क्षेत्रको पहिचान गरी वडा नं १ देखि ६ नम्बर वडाका बासिन्दालाई टर्चलाइट वितरण गरेका छौँ” गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले भने । यसैगरी ट्रयाक्टरमा डिजेल हाली ठूलो आवाज निकाल्नका लागि १४ हजार मूल्य बराबरको डिजेल समेत गाउँपालिकाबाट उपलब्ध गराइएको उनले बताए । भारतीय दुधुवा नेशनल पार्कबाट बस्ती छिर्ने जंगली हात्तीको झुण्डले वर्षेनी यहाँ उखुबाली, धान र गहुँ बालीमा नोक्सानी पु¥याउनुका साथै स्थानीय बासिन्दाको घर भत्काई भण्डारण गरेको अन्न समेत खाँदै आएको छ । प्रत्येक वर्ष हात्तीको झुण्डले मानवीय क्षति समेत निम्त्याउँदै आएको छ ।
रासस

Logo