केन्द्रविन्दु संवाददाता
काठमाण्डौँ, कार्तिक १४
उदयपुरमा हिजो राती भाईले धारिलो हतियार प्रहार गरी दाजुकोे हत्या गरेको छ । हत्या गरे लगत्तै हत्यारा भाई फरार रहेकोे प्रहरीले जनाएको छ । बेलका नगरपालिका ५ मा सोमबार राती ८ बजे आफ्नै भाईले धारिलो खुकुरी प्रहार गरी दाजुको हत्या गरेका हुन् ।
मादक पदार्थ सेवन गरी सामान्य जग्गाको बिवादबाट विवाद बढ्दै जाँदा विवादले उग्ररुप लिएको थियो । विवादले उग्ररुप लिए पछि नसामा रहेका भाईले दाजुको हत्या गरेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरिक्षक (इन्सपेक्टर) सुभास राईले बताए । सोही नगरपालिका बस्ने ३५ बर्षिय भाई कृष्ण सदा र उनका दाजु ४५ बर्षिय बिशे सदा बिच जग्गा सम्बन्धि बिवाद हुँदा भाईले दाजुको हत्या गरेका हुन् ।
खुकुरी प्रहारबाट टाउको र खुट्टामा चोट लागेर गम्भीर घाईते भएका दाजुको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । त्यस्तै कृष्ण सदाको श्रीमति मोमनी सदाको समेत हातको बुढी औला काटिएको छ ।
हत्या गर्नलाई प्रयोग गरिएको एक थान खुकुरी प्रहरीले बरामद गरेको छ । खुकुरी प्रहार गर्ने भाई कृष्ण फरार रहेकोले उनको खोजीकार्य भईरहेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ





























प्रतिक्रिया