काठमाडौं, १३ कार्तिक । जानेर होस् वा नजानेर नै, ट्याटु खोप्न धेरै तन्नेरीहरु लालयित हुन्छन् । यो कला फेसनकै रुपमा मौलाएको छ । बिदेशी सेलिब्रेटीको प्रभावमा धेरैले ट्याटु खोप्ने गरेका छन् । यद्यपी ट्याटु खोप्नुअघि यि कुराबारे भने ख्याल राख्नैपर्छ ।
१. जस्तोसुकै साबुनले नधुने
ट्याटु खोप्नसाथ जस्तोसुकै साबुनले त्यसलाई धुनु हुँदैन । किनभने यसले छालाको संक्रमण समेत निम्त्याउन सक्छ । त्यसैले यस्तो साबुन प्रयोग गरौं, जसले कुनैपनि किसिमको संक्रमणबाट बचाउन सहयोग गरोस् ।
२. दबाएर नपुछौ
नुहाइसकेपछि ट्याटु खोपाएको छालालाई दबाएर नपुछौ । बरु मुलायम कपडाले हल्कासँग सफा गर्नुपर्छ । ट्याटु खोपिएको ठाँउ ओसिलो राख्नु हुँदैन ।
३. आफुखुसी लोसन प्रयोग नगरौं
ट्याटु खोपाइसकेपछि आफुखुसी लोसन प्रयोग नगरौं । सहि र एन्टिबायोटिक खालको लोसन क्रिम लगाउनु पर्छ ।
४. घामको सोझो किरण नपारौं
ट्याटु खोपाउनसाथ घामको सोझो किरण ट्याटुमा पार्नु हँुदैन ।































प्रतिक्रिया