काठमाडौँ, १३, कात्तिक

विदेशवाट पार्सल पठाई दिन्छु भन्दै करोडांै ठगी गर्ने गिरोहमा संंलग्न रहेका थप १ भारतीय नागरीकलाई केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । "/>

पार्सल पठाई दिन्छु भन्दै ठगी गर्ने गिरोहका भारतीय नागरीक पक्राउ

पार्सल पठाई दिन्छु भन्दै ठगी गर्ने गिरोहका भारतीय नागरीक पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १३, कात्तिक

विदेशवाट पार्सल पठाई दिन्छु भन्दै करोडांै ठगी गर्ने गिरोहमा संंलग्न रहेका थप १ भारतीय नागरीकलाई केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । फेसबुक मार्फत् बेलायती नागरिकको नाममा प्रोफाईल पेज संचालन गरेर नेपालका विभिन्न व्यक्तिहरुलाई फ्रेन्ड रिक्वेष्ट पठाई साथी बनाई उनीहरुलाई विभिन्न बहुमुल्य सामग्री, पाउण्ड र अमेरिकी डलर समेत भएको पार्सल पठाईदिन्छु भन्दै विभिन्न ब्यक्तिबाट करोडौ रकम ठगी गरेको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी उपरिक्षक एसपी जीवनकुमार श्रेष्ठले बताए ।

पार्सल भारतको राजश्व कार्यालयमा रोकिएको र उक्त पार्सल लिन भारत सरकारको नियम अनुसार विभिन्न कर तिर्नु पर्ने भन्दै मनिट्रान्सफर मार्फत रकम पठाउन लगाएका थिए । गिरोहमा संलग्नन रहेका सदस्यहरु पबन न्यौपाने र प्रदीप सुब्बालाई सिआईबीले यस अघि नै पक्राउ गरेको थियो । पार्सल गिरोहमा संलग्न रहेका थप एक भारतीय नागरीक भारतको उत्तर प्रदेश, गोरखपुर घर भई हाल काठमाडौँ महानगरपाालिका ३० डिल्लीबजार बस्ने ५६ बर्षिय प्रदिप कुमार अग्रवाललाई आईतबार डिल्लीबजारबाट पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । पक्राउ परेका भारतीय नागरीक विरुद्ध ठगी मुद्दामा आवश्यक अनुसन्धान कार्य भईरहेको सीआईबीले जनाएको छ ।

 

Skip This
Skip This
Logo