कास्की,११, कार्तिक
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन सुनिश्चितताको लागि सरकार नछाडेको बताएका छन्। "/>

माओवादीले मनोनयन दर्ता पछि मन्त्रीहरु फिर्ता बोलाउने

माओवादीले मनोनयन दर्ता पछि मन्त्रीहरु फिर्ता बोलाउने

केन्द्रबिन्दु
0
Shares

कास्की,११, कार्तिक
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन सुनिश्चितताको लागि सरकार नछाडेको बताएका छन्। आफु प्रधानमन्त्रीमा बहाल रहेकै समयमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेको र आसन्न प्रदेश र प्रतिनिधी सभाको चुनाव पनि सम्पन्न गराउन सरकारमा बसेको उनको भनाई छ। ‘चुनाव जसरी भएपनि गर्नुपर्छ,’ उनले भने, ‘चुनावकै सुनिश्चितताको लागि सरकारलाई समर्थन गरेका हौँ, मनोनयन दर्तापछि हेरफेर गर्न सकिन्छ।’

शुक्रबार प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव हुनेमा अब कुनै आशंका नरहेको बताए। निर्वाचन आयोगले पनि सोही अनुरुपको तयारी गरिरहेको उनको भनाई थियो। मुलुकमा अस्थिर राजनीतिबाट गुज्रिरहेको समयमा पनि आफु छोटो समयका लागि प्रधानमन्त्री बन्दा उल्लेखनीय कार्य गरेको स्मरण गर्दै दाहालले अबको निर्वाचन पश्चात मुलुकले राजनीतिक स्थायित्वको सरकार पाउने बताए ।
नागरिकबाट

Skip This
Skip This
Logo