विर्तामोडमा गोली चल्यो, केहि घाइते

विर्तामोडमा गोली चल्यो, केहि घाइते

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, १० कार्तिक । बालक हत्याको विरोधमा झापाको विर्तामोडमा निकालिएको र्‍यालीमा प्रहरीले गोली चलाएको छ । 

शान्तिपूर्ण रुपमा आयोजना गरिएको र्यलाीमा प्रहरीले दमन गरेको हो । प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गर्न थालेपछि सर्वसाधारणले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको हो । लाठीचार्ज र गोली प्रहारबाट केही घाइते भएको बताइए पनि कति जना घाइते भए भन्ने कुरा एकिन हुन् सकेको छैन ।

अर्जुनधारा ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटी दशैंको टीकाको दिन बेपत्ता भएका थिए । त्यसको भोलिपल्ट उनको शव अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो । उनका अभिभावकले बिर्तामोड ५ का सुरेस पोखरेल लगायतले हत्या गरेको भन्दै परिवारका आठ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरी दिंदा पनि प्रहरीले कारबाही प्रक्रिया नथालेको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले शुक्रबार विर्तामोड बन्दको घोषणा गरेका थिए ।

अहिले त्यहाको अबस्था तनाबग्रस्त छ ।

Logo