काठमाडौँ, १०, कात्तिक
निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको १८ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन । "/>

१८ दिन सम्म कहाँ गए गौचनका हत्यारा ?

१८ दिन सम्म कहाँ गए गौचनका हत्यारा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १०, कात्तिक
निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको १८ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन । २३ असोजको मध्याह्नमा शान्तिनगरमा गोली हानी गौचनको हत्या गरिएको थियो । घरबाट निस्केका गौचन माथि आपराधिक समूहले सार्प सुटरको प्रयोग गरी गोली हानेको थियो । घटनाको भोलिपल्टै प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा सात सदस्यीय छानबिन कमिटी गठन गरेको थियो । स्रोतका अनुसार समितिले गोली प्रहार गर्न चार जना खटिएको निष्कर्ष निकाल्दै सम्भावित अभियुक्तको स्केच समेत बनाइसकेको छ । तर हत्यारा अझै पक्राउ पर्न सकेका छैनन् ।  भारतमा बसी असुली धन्दा चलाइरहेका मनोज पुनको समूहले नै गौचनको हत्या गरेको निष्कर्षमा त प्रहरी पुगेको छ तर त्यसका पर्याप्त आधार भने जुटाइसकेको छैन । यो विषय अहिलेको सुरक्षा निकाय प्रति नै चुनौती दखिएको छ ।
कान्तिपुरबाट

Logo