काठमाडौँ, १०, कात्तिक
नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदको विद्युत माग व्यवस्थापनका लागि टनकपुर नाकाबाट थप पाँच मेगावाट विद्युत आयात गर्ने भएको छ । "/>

आगामी हिउँदमा टनकपुर नाकाबाट ४० मेगावाट विद्युत ल्याउने तयारी

आगामी हिउँदमा टनकपुर नाकाबाट ४० मेगावाट विद्युत ल्याउने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १०, कात्तिक
नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदको विद्युत माग व्यवस्थापनका लागि टनकपुर नाकाबाट थप पाँच मेगावाट विद्युत आयात गर्ने भएको छ । गतवर्ष सोही नाकाबाट ३५ मेगावाट प्राधिकरणले विद्युत आयात गर्दै आएको थियो । यो हिउँदमा थप पाँच मेगावाट गरी कूल ४० मेगावाट विद्युत् सो नाकाबाट आयात गर्न लागिएको हो ।

विद्युत आयात सम्बन्धी द्विपक्षीय सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको पावर ट्रेड कर्पोरेशन इन्डियाका तर्फबाट डा. राजीवकुमार मिश्रले हस्ताक्षर गरे । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार सम्झौता यही कात्तिक १५ बाट लागू भई आगामी जेठमा सकिनेछ । यो पुरानै सम्झौताको नवीकरण भएको उनको भनाइ छ । सम्झौता अनुसार प्राधिकरणले प्रतियुनिट भारु ३.४४ मा विद्युत् खरिद गर्नेछ । टनकपुर नाकाबाट ४० मेगावाट सम्म विद्युत् आयात हुँदा सुक्खा याममा सुदूरपश्चिमको माग व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको भनाइ छ ।
नेपाल समाचारपत्रबाट

Logo