सद्दाम हुसेनको मृत्युपछि के भयो महंगो कार ?

सद्दाम हुसेनको मृत्युपछि के भयो महंगो कार ?

केन्द्रबिन्दु
0
Shares

बगदाद, ९ कात्तिक ।

इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेन आफ्नो तनाशाही रवैयाका साथ महंगो लाइफस्टाइल जिउनमा माहिर थिए । उनका जेठा छोरा उदयलाई लक्जरी कार, एयरक्राफ्ट, गन र ज्वेलरीमा धेरै सौख थियो ।

उनका साथ कार र गनको ठूलो कलेक्सन थियो ।

फरारी कारका दीवाना
इराकमाथि अमेरिकाको हमलापछि सद्दामको शासन अन्त्य भएको थियो । यसका साथै उनको सम्पत्ति पनि धेरै नोक्सान भएको थियो । उदयको साथमा दर्जनौं कारको कलेक्सन थियो । जसमा फरारीको एफ ४० मोडल उदयको मनपर्दो कारमध्ये एक थियो । उनको ट्वीन टर्वो वी ८ इन्जिन, केवल ४ दशमलव ५ सेकेन्डमा शून्यदेखि ६० मिल/घण्टाको स्पिडमा हुइँकिन सक्थ्यो । यसको अधिकतम स्पिड २ सय १ मील/घण्टा थियो । तर, यो महंगो र विलासी कार अहिले कबाडी बनेको छ ।

कुन कार थियो कलेक्सनमा ?
सद्दाम हुसेनलाई मारेपछि युएस आर्मी उनको महलमा पुगेर हेर्दा आश्चर्यचकित भएको थियो । ठूलो छोरा उदयको ग्यारेजमा पोर्शे ९११, फरारी एफ ४०, निशान ३७० जेड निस्मो, बिएमडब्ल्यु जेड १, लेम्बोर्गिनी एलएम ००२ एस युवी कार थियो । इराकमा धेरैजसो मान्छेलाई यी कारका बारेमा सामान्य जानकारी पनि छैन । इराकमाथि अमेरिकाको हमलापछि उदय आफ्ना भाई कुशयका साथ मोसुलमा मारिएका थिए । (एजेन्सी)

 

Skip This
Skip This
Logo