काठमाडौं ।
संगीतकार उदयशमशेर राणाको सोमबार निधन भएको छ। अमेरिकाको सियाटल बस्दै आएका राणाको ७४ वर्षको उमेरमा निधन भएको हो ।
राणा नारायणगोपाल र गोपाल योञ्जनका समकालीन थिए । उनको संगीतमा प्रेमध्वज प्रधान, हेमगोपाल, उदीतनारायण झा, मधु क्षेत्र, प्रकाश श्रेष्ठ, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डे लगायत गायकले आधुनिक गीत गाएका छन्।
उनी नारायणगोपाल र गोपाल योञ्जनको सांगीतिक कार्यक्रम ‘मीतज्यू नाइट’का वाद्यवादक पनि रहेका थिए । प्रकाश सायमीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै राणाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
करीब एक दशकदेखि अमेरिका बस्दै आएका राणाका दुई छोरा र एक छोरी छन्।






























प्रतिक्रिया