काठमाडौँ, ९, कात्तिक
नेपाल वायुसेवा निगमले नेपाल ल्याउन बाँकी दुई थान चिनियाँ जहाज ल्याउने प्रक्रिया सुरु गरेको छ । "/>

निगम थप दुई चिनियाँ जहाज ल्याउने तयारीमा

निगम थप दुई चिनियाँ जहाज ल्याउने तयारीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ९, कात्तिक
नेपाल वायुसेवा निगमले नेपाल ल्याउन बाँकी दुई थान चिनियाँ जहाज ल्याउने प्रक्रिया सुरु गरेको छ । विगत चार वर्ष देखि खरिद प्रक्रिया रहेको ६ थान चिनियाँ जहाज मध्ये चार थान भने हाल सञ्चालनमा रहेका छन् । १७ सिट क्षमताका वाई–१२ ई जहाज केही महिना भित्रै नेपाल ल्याउने गरी निगम व्यवस्थापनले प्रक्रिया सुरु गरेको छ । नेपालमा हाल ५६ सिट क्षमताका एमए–६० दुई थान र वाई १२ ई दुई थान जहाजले उडान भरिरहेका छन् । नेपालमा दुर्गम क्षेत्रमा उडान भर्न भन्दै ल्याइएको वाई १२ ई जहाजले पनि सुगमक्षेत्रमा नै उडान भरिरहेको छ । इलट र स्पेयर्स पार्ट्स सधैं अभाव खेपिरहेको चिनियाँ जहाज व्यवस्थापनमा निगमलाई विगत पाँच वर्ष देखि हम्मे पर्दै आएको छ । “विगत देखिकै समस्या अझै समाधान नभएको अवस्था छ, तर पनि जहाज ल्याउनुपर्ने बाध्यता निगमलाई रहेको छ,” नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले भने ।

कारोबारबाट

Logo