काठमाडौ लगायत विभिन्न भागमा चिसो बढ्यो

काठमाडौ लगायत विभिन्न भागमा चिसो बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ७ कात्तिक । उत्तर पश्चिमी वायुको सक्रियताले राजधानी काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा चिसो बढेको छ ।

मनसुन सिजन सकिएको र उत्तर पश्चिमी वायुको प्रभावले चिसो बढेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

‘उत्तर पश्चिमी वायु भारतको जम्मु कास्मिरबाट हिमाली क्षेत्र हुँदै आएको छ अर्कोतर्फ रातमा आकाश खुला भई पृथ्वीको सतह चिसिएकाले एक्कासी तापक्रम घटेको हो’– उनले भने ।

चिसो बढेसँगै काठमाडौँमा एक्कासी तापक्रम घटेको छ । सोमबार १५ दशमलब ५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम घटेर आज ११ दशमलब ४ डिग्रीमा पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम ११ दशमलब ४ र अधिकतम २६ दशमलब ४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जोमसोममा ४ र सबैभन्दा बढी जनकपुरमा २१ डिग्री सेल्सियस रहेको छ ।

Logo