टर्की, ७ कार्तिक । छोरीले आफुसंग सल्लाह नै नगरी आफु खुशी विवाह गरेको झोकमा टर्कीका एक पिताले फेसबुक लाईभमै टाउकोमा गोली हानेर आत्महत्या गरेका छन् ।
टर्कीको मध्यभाग केसेरीमा बस्ने ५४ बर्षिय एलान उजुनले आफुसंग कुनै किसिमको सल्लाह नगरी छोरीले विवाह गर्न लागेको फेसबुक लाइभमा बताएका थिए । आफुसंग कुनै सल्लाह नगरेको कारण आफ्नो अस्थित्व नरहेको जनाउदैं उनले फेसबुक लाइभमै पेस्तोल मार्फत् आफैलाई गोली प्रहार गरेका थिए ।
फेसबुक लाईभमा उनलाई उनका आफन्तहरुले कमेन्ट मार्फत् रोक्ने प्रयास गरेपनि उनले नमानेर आत्महत्या गरेका थिए ।





























प्रतिक्रिया