दाङ,७, कार्तिक

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले चालू आवको तीन महिनाको अवधिमा नियम विपरीत सवारी साधन चालाउनेलाई कारबाही गरी ४४ लाख ३७ हजार राजश्व संकलन गरेको जनाएको छ । "/>

३ महिनामा सवारी साधन कारबाहीबाट ४४ लाख राजश्व संकलन

३ महिनामा सवारी साधन कारबाहीबाट ४४ लाख राजश्व संकलन

केन्द्रबिन्दु
0
Shares

दाङ,७, कार्तिक

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले चालू आवको तीन महिनाको अवधिमा नियम विपरीत सवारी साधन चालाउनेलाई कारबाही गरी ४४ लाख ३७ हजार राजश्व संकलन गरेको जनाएको छ । तीन महिनामा सात हजार २०० सवारी चालकलाई गरेको कारबाहीबाट सो रकम असुल भएको ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिए । गत साउनमा दुई हजार ५०० सवारी चालकलाई कारबाही गरी १२ लाख ३५ हजार, भदौमा दुई हजार ५९८ सवारी चालकलाई कारबाही गरी १६ लाख ४५ हजार राजश्व संकलन गरेको ट्राफिक प्रहरी प्रमुख वाग्लेले बताए । उनका अनुसार असोजमा दुई हजार ६०० सवारी चालकलाई गरिएको कारबाहीमा १५ लाख ५७ हजार ५०० राजश्व संकलन भएको छ ।
रासस

Logo