मोरङ, ७, कार्तिक
मोरङमा लागूऔषध सहित तीन जना ब्यक्ति सोमबाार राती पक्राउ परेका छन् । प्रहरीले बुढीगंगा गाउँपालिका ४ स्थित राहुल पेट्रोल पम्प नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो । "/>

लागूऔषध सहित तीन जना पक्राउ

लागूऔषध सहित तीन जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

मोरङ, ७, कार्तिक
मोरङमा लागूऔषध सहित तीन जना ब्यक्ति सोमबाार राती पक्राउ परेका छन् । प्रहरीले बुढीगंगा गाउँपालिका ४ स्थित राहुल पेट्रोल पम्प नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको चेकजाँच गर्ने क्रममा लुपिजेसीक–३५ एम्पुल, एभिल–३५ एम्पुल, डाईजेल्याब–३५ एम्पुल, फेनारगन १२ एम्पुल र नाइट्रोजन १८ गोटी बरामद गरेको हो । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका १ का १९ बर्षिय भुवन दनुवार सोही ठाउँका १८ बर्षिय जितेश राई र सुनसरी ईटहरी १० खनारका २५ बर्षिय ज्ञानेन्द्र चौधरी रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले बेलुका ८ बजेतिर पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनालाई सोही कार्यालयमा राखी थप अनुसन्धान भइरेहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

 

Skip This
Skip This
Logo