अर्घाखाँचीको जगातमा जिप दुर्घटना, एकजनाको मृत्यु

अर्घाखाँचीको जगातमा जिप दुर्घटना, एकजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँची, ६ कात्तिक ।

सन्धिखर्क नगरपालिका जगातमा भएको जिप दुर्घटनामा आज एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुँदै बुटवल जाँदै गरेको लु१च ६७६६ नं को जिप नरपानी जगातको ढाडखोला नजिकै दुर्घटना भएको घटनास्थलबाट स्थानीयवासी पोमनारायण पोख्रेलले जानकारी दिए ।

घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । जिप सडकबाट करिब १०० मिटर तल खसको थियो । मृतक पुरुष रहेको र उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । रासस

Logo