कपिलवस्तु, ६, कार्तिक

कपिलवस्तुमा धान बालीमा फौजी कीराको प्रकोप देखिएको छ । फौजी कीराले क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् । "/>

कपिलवस्तुमा धान बालीमा फौजी कीराको प्रकोप

कपिलवस्तुमा धान बालीमा फौजी कीराको प्रकोप

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु, ६, कार्तिक

कपिलवस्तुमा धान बालीमा फौजी कीराको प्रकोप देखिएको छ । फौजी कीराले क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष मनसुन ठीक समयमा सुरु भएका कारण समयमै रोपाइँ भएकोले धानबाली राम्रै भएकै अवस्थामा बाला लाग्ने बेला फौजी कीराले क्षति पु¥याएको हो ।  जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ४, शिवराज नगरपालिका वडा नं. ६,७ र ९ मा कीराको प्रकोप बढी देखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालय प्रमुख खुर्शेद अहमद खाँका अनुसार वाणगङ्गा नगरपालिका र कपिलवस्तु नगरपालिकाका विभिन्न क्षेत्र गरी करिब १८ सय हेक्टरका धानबालीमा फौजी कीराको प्रकोप देखिएको छ ।
गोरखापत्रबाट

Logo