३,कात्तिक, मनाङ
आगामी मंशिरको चुनावमा मनाङ जिल्लाबाट प्रदेशसभामा एमालेबाट सिफारिस भएका राजीव गुरुङ ( दीपक मनाङे) ले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् ।चुनाव प्रचारप्रसार तथा कार्यकर्ता भेटघाटमा मनाङले नारफु गाँउपालीकाका ५ वटा वडा र पिसाङ गाँउपालीकाका नौ वटै वडामा पुगेको बताएका छन् । मनाङका जनताले चाहेका कारण आफू राजनीतिमा होमिएको उनले बताएका छन् । विरोधीले देख्न नसकेर आफ्ना बारेमा विभिन्न नराम्रा टिकाटिप्पणीहरु गर्न थालेको मनाङेको आरोप छ । मनाङबासीले त्यस्ता कुनै पनि कुरालाई पत्याउने छैनन्,” प्रचारमा व्यस्त रहेको मनाङ्गेले भने मेरो जित सुनिश्चित छ ।































प्रतिक्रिया