लक्ष्मीपूजामा बालेको मैनबत्तीबाट आगलागी

लक्ष्मीपूजामा बालेको मैनबत्तीबाट आगलागी

केन्द्रबिन्दु
0
Shares

चाौतारा ३ कात्तिक । लक्ष्मीपूजामा बालेको मैनबत्तीबाट फैलिएको आगोले सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका – ७ सानुसिरुवारीको मगुवामा एक घर ध्वस्त भएको छ । 

पसल रहेको घरमा हिजो बेलुका दीपाबली गरी अर्को घरमा खाना खान गएको समयमा पसलमा रहेका लत्ता कपडा, सामान तथा नगद रू दुई लाख ५० हजारसहित करिब रू ६ लाख बराबरको सामान जलेर नस्ट भएको पीडित संगम थापामगरले बताए । 

भूकम्पपछि रु दुई लाख ऋण गरेर बनाएको टहरासहित सम्पूर्ण सामान ध्वस्त हुनुका साथै ग्यास सिलिण्डरसमेत विष्फोट भएको थियो । रासस

Logo