केन्द्रविन्दु सम्बाददाता । काठमाडौँ, ३ कार्तिक । पाँचथरमा बिद्युत सर्ट भएर एक घरमा आगलागी भएकोे छ । याङवरक १ च्याङथापुमा रहेको दिननाथ अधिकारीको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौ मुल्य बराबरको क्षति भएको छ भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । उनको घर ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले कच्ची घरमा बिधुत लाईन सर्ट भई हिजो राती साढे १० बजे आगलागी भएको थियो ।
आगलागीबाट अधिकारीको नगद ६० हजार रुपैँया, ८ तोला सुन, ५० तोला चाँदी, भाँडावर्तन, अन्नपात र लत्ताकपडा समेत जलेर नष्ट हुँदा अन्दाजी २८ लाख ५० हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको थियो ।





























प्रतिक्रिया