काठमाडौँ, ३, कात्तिक
उपराष्ट्रपति नन्दबहादुर पुनले शुभ दिपावली–२०७४ एवं नेपाल संम्वत् ११३८ को अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। "/>

उपराष्ट्रपतिद्वारा दीपावली तथा नेपाल सम्वतको शुभकामना

उपराष्ट्रपतिद्वारा दीपावली तथा नेपाल सम्वतको शुभकामना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ३, कात्तिक
उपराष्ट्रपति नन्दबहादुर पुनले शुभ दिपावली–२०७४ एवं नेपाल संम्वत् ११३८ को अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। उनले आज दिएको शुभकामना सन्देशमा यस पर्वको माध्यमबाट नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भाईचारा र एकता अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरिएको छ ।उपराष्ट्रपति पुनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण नेपाल विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी रहेको उल्लेख गर्दै सबै धर्म संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्न पाउने अधिकार संविधानले प्रत्याभूत गरेको स्मरण गरेका छन् ।

विभिन्न कालखण्डका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र पछिल्लो पटकको ऐतिहासिक जनआन्दोलनको उपलब्धीलाई संस्थागत गरेको नयाँ संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताउँदै उनको सन्देशमा भनिएको छ—“शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्व नेपालीहरु मनाइरहँदा संघीय सभा र प्रादेशिक सभाका लागि निर्वाचन प्रक्रिया प्रारम्भ भई देश निर्वाचन उत्सवमा प्रवेश गरेको छ ।”  उपराष्ट्रपति पुनले शुभ दिपावली र नेपाल संवत् जस्ता पावन पर्वहरुले सबै प्रकारका चुनौतीहरुको सामना गर्दै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा घोषित निर्वाचनहरु उत्सवको रुपमा सम्पन्न गर्न सरकार, राजनीतिक दल लगायत सबै पक्षलाई प्रेरणा दिने विश्वास लिएको बताएका छन् ।

रासस

Logo