काठमाडौँ, ३, कात्तिक
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले नेपाली काँग्रेससँग आफूहरुको चाँडै चुनावी तालमेल हुने बताएका छन् । राजपा र संघीय समाजवादी फोरम नेपाललाई काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभामा ५५ स्थान माग गरिएको उनले बताए । “सहमतिका लागि अब हामी अन्तिम छलफलमा जुटेका छौँ”– रिपोर्टर्स क्वलको देउसी भैलो टोलीलाई शुभकामना दिँदै उनले भने । ठाकुरले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न जनता आतुर रहेको बताउँदै निर्धारित समयमा चुनाव हुनेमा आशंका नगर्न आग्रह गरे ।
रासस





























प्रतिक्रिया