सुनसरी,२, कार्तिक
सुनसरीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । "/>

सुनसरीको छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, ३ घाईते दुवै

सुनसरीको छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, ३ घाईते दुवै

केन्द्रबिन्दु
0
Shares

सुनसरी,२, कार्तिक
सुनसरीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । सुनसरीको दुहबी र ईटहरीमा बुधबार राती भएको सवारी दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुहबी नगरपालिका ४ डाँगा चोक स्थित राजमार्गमा भारतीय नम्बरप्लेटको ट्रकले मोटरसाईकललाई राती पौने १२ बजे ठक्कर दिँदा १ जनाको मृत्यु भएको थियो भने ३ जना घाईते भएका छन् । ईटहरीबाट बिराटनगरतर्फ आउँदै गरेको डब्लु बी. १५ ए. ७९९५ नम्बरको ट्रकले बिपरित दिशाबाट जाँदै गरेको को २० प ६०५९ नम्बरको मोटरसाईकललाई डाँगा चोकमा ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकलमा सवार ३ जना दुहवी नगरपालिका ४ बस्ने बर्ष १७ को संजय सुब्बा, सोही ठाउँ बस्ने वर्ष २५ को कृष्ण बिश्वास र सोही ठाउँका बस्ने वर्ष २५ को पुन्तोष चौधरी घाईते भई उपचारका लागी बिराटनगर गोल्डेन हस्पिटल पठाईएकोमा उपचारको क्रममा पुन्तोषको राती पौने १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । अन्य २ घाईतेको दुहबी र बिराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रकका चालक फरार रहेकोले खोजी कार्य भईरहेको छ । ट्रक प्रहरीको नियन्त्रणमा राखिएको छ ।त्यसैगरी सुनसरीको ईटहरी उप–महानगरपालिका १७ मा बिहीबार राती कार र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ गईरहेको बा १३ ज ३३४१ नम्बरको कार र बिपरीत दिशाबाट आउँदै गरेको को ११ प ८०८५ नम्बरको मोटरसाईकल राती साढे १२ बजे एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा परी मोटरसाईकलमा सवार चालक रामधुनी नगरपालिका ४ बस्ने २२ बर्षिय को कमल घिमिरे र पछाडी सवार सोही ठाउँका २३ बर्षिय उपेन घिमिरे घाईते भएका थिए । ठक्करबाट घाईते दुबैजनालाई उपचारका लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा उपेन घिमिरेको राती सवा १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । कारका चालक तत्काल फरार रहेकोले खोजी कार्य भईरहेको छ भने कार लाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

 

Logo