–शिरिष अज्र्याल
हिन्दुहरुको महान चाड बिजयादशमी पश्चात आउने अर्को ठूलो चााड तिहार पर्वलाई कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुक्ल पक्षको द्वितीया तिथिसम्म ५ दिन मनाइने गरिन्छ । यो पर्व मृत्युका देवता यमराजसाग सम्बन्धित भएको हुनाले यस चााडलाई यमपञ्चक भनेर पनि भन्ने गरिन्छ ।
शरद् ऋतुको सुरम्य मौसममा यो पर्व पर्ने हुनाले यस चााडको हिन्दुहरुद्वारा विशेष महत्वका साथ मनाईने गरिन्छ । शरद ऋतुमा फूलहरु प्रशस्त मात्रामा फूलने गरेको तथा फलफूल पनि लटरम्य फल्ने गरेका हुनाले यस पर्वमा फूलहरु तथा फलफूलहरु चढाई पूजा आरती गरेर ५ दिन तिहार अथवा यमपञ्चक मनाउने गरिन्छ । तिहार अथवा यमपञ्चक मनाउनुमा पनि केहि श्रुती तथा भनाईहरु रहादै आएका छन् ।
मृत्युको देवता यमराजलाई हिन्दुहरुका धर्मग्रन्थ तथा पुराणहरुमा विशेष महत्व दिईदै आईएको पाइन्छ । ऋग्वेद र अथर्ववेदमा पनि यमराज सम्बन्धी अनेकौं वर्णनहरु पाईन्छन् । हाम्रा घर बस्तिहरुमा देखिने र भेटिने गरेको पंक्षी कागलाई यमराजको दुतका रुपमा मानिदै आईएको छ भने घर बस्ति वरपर भेटिने कुकुरलाई पनि यमराजको दुतका रुपमा मानिने गरिन्छ । तिनैको सम्झना स्वरुप काग तिहार तथा कुकुर तिहार मनाउने गरिएको हो । तिहारको सुरुको त्रयोदशिका दिन कागलाई पूजा गरेर यमपञ्चकको शुभारम्भ गर्ने गरिन्छ । त्यसै दिन घरमा पाकेका खानेकुराहरु कागलाई बोलाई ख्वाउने गरिनुका साथै पूजा गर्ने गरिन्छ ।
मानिस र पंक्षि बिचको सम्बन्धलाई नजिक गराउने पर्वका रुपमा पनि हेरिने यस काग तिहारमा कागलाई भनि मनपर्ने खानेकुरा राखेर अन्य चरा तथा पंक्षिहरुलाई पनि खानेकुरा ख्वाउने गरिन्छ । विशेष गरी कागलाई राम्रो सन्देश लिई आउने पंक्षिका रुपमा हेरिने हुनाले पनि राम्रो कुरा सुनाउनु भनि ‘सुबोल–सुबोल’ भनेर भन्ने गरिन्छ ।
कार्तिक कृष्णपक्षको चर्तुदशिका दिनमा अर्थात् यमपञ्चकको दोश्रो दिन कुकुर तिहार मनाउने गरिन्छ । भैरब देवताको बाहन कुकुरलाई यमराजको विशेष दुतका रुपमा पनि मानिन्छ । आफ्नो मालिक प्रति अत्यन्त विश्वासिलो तथा गुणी कुकुरलाई यस दिनमा विशेष महत्व दिई पूजा गरिनुका साथै फूलमाला पहिर्याई दिएर कुकुरलाई मनपर्ने खानेकुराहरु खुवाउने गरिन्छ । यस दिनमा अन्य बेला धपाइने कुकुरलाई खोजि खोजिकन पनि ल्याएर पूजा गरिने हुनाले मानिस र कुकुर बिचको सम्बन्धको धार्मिक तथा पौराणिक महिमालाई त्यसले उजागर गर्दछ । यमपञ्चकको तेश्रो दिन बिहान गाईपूजा अर्थात् गौमाताको विशेष श्रद्धाकासाथै पूजा अर्चना गर्ने गरिन्छ । हिन्दु धर्मावलम्बीहरुमा गाई अर्थात् गौमाताको विशेष महिमा रहेको छ । गाईलाई देवी लक्ष्मीका रुपमा पनि हेरिने तथा मानिने गरिएको हुनाले नै विशेष तह गाउाघरका घरको आागन लिपपोत गर्दा गाईको गोबरले सिनीत्त पारेर पोतिने गरिन्छ भने गौ मुत्रको पनि विभिन्न पूजा तथा धार्मिक कार्यहरुमा प्रयोग गर्ने गरिन्छ । गाईद्वारा प्रदत्त दुध बेच बिखन गरेर मनग्यै आम्दानी हुने हुनाले पनि हिन्दुहरुमा लक्ष्मीको स्वरुप मानि गाईलाई गौमाताको दर्जा दिएर आदर साथ हेर्ने गरिएको हो । हाम्रो देश नेपालको राष्ट्रिय जनावरका रुपमा राखिएको गाईलाई केहि वर्ष अघिसम्म हत्या गरेको थाहा पाइएमा मानिसलाई मारेको सरह उमेर कैदको सजाय दिइने गरिन्थ्यो । यसैबाट पनि यस विशिष्ट पवित्र जनावर गाईको हिन्दु धर्मावलम्बीहरुमा कतिको उच्च स्थान रहेको छ भनि स्पष्ट हुन आउादछ ।
तिहारको तेश्रो दिन बिहान हिन्दुहरुको पवित्र जनावर गाईलाई विशेष पूजा गर्ने गरिन्छ भने यसै दिन सघारै घर आागन सफा पारिएर चोखो मात्र गाईको पूजा गरेर गाईपूजा मनाउने गरिन्छ । यसै दिनको सााझमा धुमभामका साथ लक्ष्मीपूजा गर्ने गरिन्छ । औंशीको रातमा झिलीमिली पारि, दियो बत्तिहरु बालेर लक्ष्मी आउन भनी घर सफा सुग्घर बनाई लक्ष्मीका पाईलाहरु घर बाहिरदेखि घर भित्रसम्म बनाएमा लक्ष्मीको आगमन हुन्छ भनि विश्वास गरेर लक्ष्मीको स्वागत स्वरुप सफा पारिएको घरमा दियो तथा बत्तिहरुले उज्यालो बनाउने गरिन्छ ।
तिहारको यमपञ्चकमा नै लक्ष्मीको पनि पूजा गरिनुमा पनि यमराजको प्रसंग जोडिन आउादछ । कुनै बखत यमराजका दुत यमदुतहरुले सधै मृत्युको मात्र खबर दिईदै हिाड्नुले नरमाईलो लागेको कुरा आफ्ना मालिक यमराज समक्ष सुनाएछन् । यमदुतहरुका गुनासा सुनि यमराजले पनि आदेश दिएछन् । “ यमपञ्चकका पााचदिन जसले यमराजका सम्मानमा घर सफा गरि, विद्वेष नराखि खुशि साथ घरमा दिप बाली दिपावली मनाउाछन तथा श्रद्धाभावका साथ पूजा गर्नेछन् ति मानिसहरुले अकाल मृत्यु पाउने छैनन् र धन धान्यले भरिपूर्ण भई बााचेर कष्ट दायक मृत्युको भागि हुने छैनन् ।”
यसैको सम्झना स्वरुप धुमधामका साथ यमपञ्चकको तेश्रो दिन सााझ दिपावली गर्न थालिएको तथा लक्ष्मीको पनि स्वागतार्थ पूजा गर्न थालिएको हो । लक्ष्मीको आगमन हुने विश्वासका साथ लक्ष्मी पूजाको सााझमा घर घरमा लक्ष्मी डुल्दै आउाछिन भनेर नै घरलाई झिलीमिली पारेर राख्ने गरिएको हो । आध्यारो घरमा लक्ष्मीको आगमन हुादैन भनेर विश्वास गरिन्छ । यसै दिन लक्ष्मीलाई सेल, रोटी, मिष्ठान, फलफूल चढाई पूजा गर्ने गरिन्छ । यसै लक्ष्मीपूजाको सााझमा भैली गीत गाउादै घर घरमा गई दक्षिणा तथा भैली भाग लिादै सामुहिक भाकामा समूह बनाई भैलो पनि खेल्ने गरिन्छ ।
लक्ष्मी पूजाको सम्बन्धमा राजा बलिको प्रसंगलाईपनि उल्लेख गरिएको कथन रहेको छ । जस अनुसार कुनै समयमा अत्यन्त प्रतापि तथा दानबिर राजा बलि रहेका थिए । एकदिन राजा बलिले तिन पाद भूमि माग्ने वामन अवतार रुपी भगवान विष्णुको तपस्या गरि खुशी पारेछन् । भगवान विष्णु प्रसन्न भई मसाग के बरदान माग्छौं भनि सोध्दा परोपकारी राजा बलिले भनेछन् “लोकहितका लागि एउटा बरदान दिनुस, त्यो के भने जुन घरमा यमपञ्चकमा दिपावली गरिन्छ त्यस घरमा लक्ष्मीको सदा बास रहोस्” यति भनेपछि विष्णुले आर्शिवाद दिएछन् । त्यसैदिन देखि यमपञ्चकमा दिपहरुबाली दिपावली गर्न थालियो ।
लक्ष्मीपूजाका बेला माता लक्ष्मीलाई औधि मनपर्ने कमलको फूल र लक्ष्मी फूल पनि चढाउने गरिन्छ । व्यापारी बर्गहरुले वर्ष दिन भरिको हिसाब लक्ष्मी पूजाको दिन पारेर गर्ने पनि चलन रहादै आएको छ ।
माता लक्ष्मीका पनि आठ रुप रहेका छन् । कसै कसैले ति आठवटै लक्ष्मीका स्वरुपको पूजा गर्ने तथा लक्ष्मीको स्त्रोत पाठगर्ने गर्दछन् । लक्ष्मीका ति आठवटा स्वरुपहरुमा राजलक्ष्मी, बिरलक्ष्मी, श्रीदेवी, प्रसन्नलक्ष्मी, महालक्ष्मी, द्विभुजालक्ष्मी, द्विभुजावीर लक्ष्मी, अष्टभुजा विरलक्ष्मी हुन् । यसै दिनमा कसैकसैले लक्ष्मीलाई मनपर्ने लड्डु अर्थात् जाईफल, ल्वाङ, अलैंची, कपूर, गाईको दुध, सख्खर आदि मिसाएर तयार पारिएको मोदकम् (लड्डु) पनि चढाउने गर्दछन् भने यसैरात रातभरि लक्ष्मी जगाउने भनि मानिसहरु रमाईलो खेलहरु खेल्ने तथा बाजि थाप्ने जस्ता कार्यहरु पनि गर्ने गर्दछन् भने सहर बजार तिर आतिस बाजी पनि गर्ने गर्दछन् ।
यसैगरी लक्ष्मीपूजाको भोलिपल्ट अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन गोर्बधन पूजा गर्ने गरिन्छ । गोबर्धन पूजा मनाउन थालिएको सम्बन्धमा पनि एउटा पौराणिक उक्ति प्रचलित रहेको छ ।
पौराणिक कालमा कुनै बेला भगवान श्री कृष्णले ईन्द्रलाई पूजा गर्नुको सट्टामा गोबर्धनको पूजा गर्न लगाएछन् । त्यो देखि रिसले चुर भएर देवराज ईन्द्रले प्रचण्ड वर्षा गरिदिएछन् । त्यो देखेर श्री कृष्णले गोबर्धन पर्वत उचाली सबैलाई गोबर्धन पर्वतमा ओत लगाएर प्रचण्ड वर्षाबाट जोगाईदिएका हुनाले त्यस उपरान्त गोबर र गोरुको पूजा गरिन थालियो ।
यसै गोबर्धन पूजाकै दिन बलिराजाको पनि पूजा गर्ने गरिन्छ । पौराणिक कथामा बलि राजाका बारेमा विभिन्न वर्णन पाईन्छन् । गोरुपूजा भनेर पनि भनिने यस गोबर्धन पूजाका दिनमा समूह बनाई सामुहिक गानका साथ देउसी खेल्ने गरिन्छ । जसमा बलि राजाले पठाएको भन्ने उक्ति पनि भट्याउने गरिन्छ ।
यसै दिनमा नेवार जातिले “म्हपूजा” भनि आफ्नो शरीरको पूजा गर्ने गर्दछन् र यसै गोबर्धन पूजाका दिन देखि नै नेपालको नयाा वर्ष अर्थात् नेपाल सम्वत्को पहिलो दिन शुरु हुने गर्दछ । नेपाल राष्ट्रको मौलिक पहिचान दिलाउने नेपाल सम्वत्लाई राणा प्र.म. चन्द्र शमशेरका पालादेखि औपचारिक रुपमा बन्द गराइएको भएतापनि नेवार जातिले भने मान्दै तथा मनाउादै यसलाई निरन्तरता दिई आईरहेका छन् ।
यमपञ्चकको पााचौं दिन मनाईने भाईटिकालाई यमराजको दिदी यमुनाले भाई यमराजलाई पााच दिन पालेर पूजा गरि मिठो पकवान आदि खुवाएर तेलको पिण्ड नसुकेसम्म, ओखर नभिजेसम्म र सुपारी फूल नओईलाएसम्म दाजु भाईलाई लादैनौं भन्ने बरदान मागेकी हुनाले त्यसै दिनको सम्झना स्वरुप यो चााड मनाउने गरिएको हो । भाईटिकाका सम्बन्धमा अर्को एक रोचक पौराणिक श्रुतिपनि रहेको छ । एक पटक एउटी दिदीको भाई मृत्यु शैयामा छादा यमराज आफ्ना दुतहरुका साथ त्यस दिदीको भाईलाई लिन आई पुगेछन् । दिदीले आफ्नो भाइलाई नलान भनि अनेक अनुनय विनय तथा रोईकराई गर्दा पनि मृत्युको मिति पुगिसकेको र यमलोकको नियम उल्लंघन हुन्छ भनि यमराजले मानेनछन् । अन्तत: भाईलाई यमराजले लाने नै भए भनेर दिदी चैंले एउटा जुक्ति निकाली यमराज समक्ष बिन्ती हालिन् र भनिछन् “मेरो भाईलाई लाने भए मेरो एउटा अनुरोध स्विकार्नुस हे यमदेव, त्यो के भने म आफ्नो भाईलाई अन्तिम चोटी पूजा ग र्न चाहन्छु । हे यम देव ! त्यतिन्जेल तपाई यहिा बसेर कुरिदिनुस” यमराजले दिदीको कुरा स्विकारी भाईसागै बसेछन् । दिदीले तेलको मण्डप बनाई चारै तर्फ तेलको घेरा हाली पहोलो रंगको बेसार मिसाई, अबिर, रंग, धान, चामल, अक्षता, लावा, फूल तथा धुपबत्ति बालेर अनेक देवी देवता लगायत अष्ट चिरञ्जीविको आव्हान गरि धुमधाका साथ पूजा गरेर ओखर, फलफूल, मेवा मिष्ठान र बिमीराले साथमा बसेका यमराजलाई सर्वप्रथम पूजा गरि चढाइछन् । त्यस उपरान्त मात्र आफ्नो भाइलाई चढाईछन् । दिदीले चलाखी गरेर प्रसाद ख्वाउने बहानामा प्रसादमा नुन मिसाई यमराज लगायत सबैलाई खुवाइदिईछन् । देवताको कोटीमा राखि यमराजलाई पूजा गरेको तथा झुक्कीएर नुन खान पुगेकाले यमराजले नुनको भार लाग्छ भनि दिदी चैसाग बरदान माग भनि आव्हान गर्दा दिदीले “तेलको मण्डप नसुकेसम्म, मखमलीको फूल नओलिएसम्म, ओखरको बोक्रा नकुहिएसम्म मेरो भाईलाई तिमीले नलानु अनि बिमिरो भैंm पवित्र, बत्ति भैंm उज्यालो भई मेरो भाई बााचोस” भनि बरदान मागिछन् । आफू देवताको कोटीमा पूजिन थालेको तथ न्ुनको भारका लगि बरदान दिनु परेकाले यमराज दिदीको भाईलाई जिउादै छाडी आफ्ना दुतहरुसाग फर्कीएर गएछन् ।
त्यस उपरान्त नै हरेक साल यमपञ्चकको अन्तिम दिन अर्थात् पााचौं दिनमा दिदी बहिनीले दाजुभाईको सु–स्वास्थ्य, दीर्घजीवन, तथा कालबाट रक्षा गराउनका निमित्त भाईटिका मनाउन थालिएको हो भन्ने कथन रहादै आएको छ ।

–शिरिष अज्र्याल































प्रतिक्रिया