काठमाडौं, १, कात्तिक
टक्सार विभागका कर्मचारीलाई आजभोलि भ्याईनभ्याई छ। उनीहरूलाई बोल्ने फुर्सद पनि छैन। किनकि तिहारका लागि असर्फी किन्नेको घुइँचो लागेको छ। तिहारमा मात्रै असर्फी छपाइ गर्ने विभागले लाइनमा बस्ने सर्वसाधारणलाई असर्फी विक्री गर्ने गरेको छ। विभागले १० ग्रामको चाँदी र १०, ५ र २ ग्रामको सुनको असर्फी छापेर विक्री गर्ने गरेको छ। ‘हामीलाई अहिले फुर्सद नै छैन, असर्फी किन्नेको घुइँचो लाग्ने गरेको छ।’ –विभागका निर्देशक सतेन्द्र तिमल्सिनाले भने । उनका अनुसार विभागले हाल गणेश र लक्ष्मीको फोटो अंकित चाँदीको १० हजार असर्फी तयार गरेको छ। लक्ष्मीको ६ र गणेशको ४ हजार गरी चाँदीको १० हजार छपाइ गरेको जानकारी गराउँदै भने– ‘माग अधिक भए पनि छपाइ गर्न सकिएको छैन।’
एक हप्ताको समयमा सुन र चाँदीको गरी १५ हजार थान असर्फी तयार पारेको विभागको भनाइ छ। विभागले १० ग्रामको ५ सय, साँढे २ ग्रामको २ हजार ५ सय थान असर्फी छापेको छ। १० ग्राम असर्फीको करिब ५० हजार पर्ने गरेको छ। सुनको मूल्य उतार चढाव हुने भएकाले असर्फीको भाउ सुनको मूल्य अनुसार भए पनि चाँदीको एउटा सिक्काको १ हजार रुपियाँ मूल्य तोकिएको छ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया