भक्तपुर, १, कात्तिक
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । "/>

नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न सक्दैनः बिजुक्छे

नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न सक्दैनः बिजुक्छे

केन्द्रबिन्दु
0
Shares

भक्तपुर, १, कात्तिक
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । मंगलबार नेमकिपा, भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दै उनले ठूला पार्टीले साना पार्टीलाई रोक्न थ्रेसहोल्ड लगाएको आरोप लगाए । उनले भने– “थ्रेसहोल्डको आतंकले नेमकिपालाई निर्वाचनमा जान कसैले रोक्न सक्दैन, पञ्चायतकालमा समेत जनताको बीच गएको हाम्रो पार्टी जनताको मतबाटै राष्ट्रिय पार्टी हुनेछ ।” बिजुक्छेले जनताबीच सरकारमा रहने ठूला दलको गलत कामको भण्डाफोर गर्ने बताउँदै देशलाई जोगाउन पनि नेमकिपा संसदमा पुग्नु जरुरी रहेको जिकिर गरे । सरकारले ख्वप विश्वविद्यालयको विधेयक सदनमा पेश नगरेको प्रति चर्को आलोचना गर्दै बिजुक्छेले सरकारलाई घुस खुवाएर विश्वविद्यालय स्थापना गर्ने पक्षमा नेमकिपा नरहेको बताए ।    रासस

Skip This
Skip This
Logo