काठमाडौँ, ३१, असोज
मेलम्चीको पानी चैत अन्तिम सम्म काठमाडौँ ल्याउन सकिने अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले पुस महिना सम्ममा सुरुङको ‘ब्रेक थ्रु’ गर्न सकियो भने चैत्र अन्तिममा पानी ल्याउन सकिने जनाएको छ । समिति र निर्माण कम्पनी बीचको सम्झौता अनुसार सुरुङ सम्पन्न गर्ने अवधि पनि सन् २०१८ मार्च २६ रहेको छ । तर सम्झौताअनुसार काम सम्पन्न हुनेमा मेलम्ची खानेपानी विकास समिति आफै ढुक्क हुन सकिरहेको छैन । जसका कारण समितिले आधिकारिक रूपमा निश्चित मिति तोक्न सकिरहेको छैन । पुसमा सुरुङको ब्रेकथ्रु भएमा चैतसम्ममा पानी ल्याउन सकिने अनुमान समितिको छ । सोचे अनुसार काममा प्रगति भएन भने समय हेरफेर हुन सक्ने बताइएको छ ।
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अब १.४ किलोमिटर मात्र बाँकी छ । हाल दैनिक १४ मिटरका दरले सुरुङ खनिएको समितिले जनाएको छ । सुरुङको भित्ता र भुइँ आरसीसी ढलान गर्न कम्तिमा तीन महिना लाग्ने समितिले जनाएको छ । हाल डेढ किमी सुरुङको ढलान सम्पन्न भइसकेको समितिले जनाएको छ ।
गोरखापत्रबाट































प्रतिक्रिया