काठमाडौँ, ३१, असोज
पुनःनिर्माण नभए पनि दिदीबहिनी नहुनेले यस वर्ष भाइटीकाका दिन रानीपोखरी स्थित बाल गोपालेश्वर मन्दिरमा पूजा एवं दर्शन गर्न पाउने भएका छन् । "/>

भाइटीकामा बालगोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन गर्न दिइने

भाइटीकामा बालगोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन गर्न दिइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ३१, असोज
पुनःनिर्माण नभए पनि दिदीबहिनी नहुनेले यस वर्ष भाइटीकाका दिन रानीपोखरी स्थित बाल गोपालेश्वर मन्दिरमा पूजा एवं दर्शन गर्न पाउने भएका छन् । ०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनःनिर्माण हुन नसक्दा मन्दिरको मूलढोकामै दर्शन गर्ने व्यवस्था मिलाउन लागिएको पुरातत्व विभागले जनाएको छ । कात्तिक ४ गते शनिबार दर्शनार्थीलाई पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाउन पुनःनिर्माणको जिम्मेवारी पाएको कँडेल÷राम जेभी कम्पनीलाई निर्देशन दिइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । यस सम्बन्धमा व्यवस्था गर्न निर्माण व्यवसायीसँग विभागमा यस्तो निर्देशन दिइएको उनले सुनाए ।
गोरखापत्रबाट

Logo