हेटौंडा, ३१, असोज
प्रहरीले हेटौंडाका विभिन्न स्थानबाट १६ केजी पटाका सहित चारजनालाई नियन्त्रणमा लिएको छ । हेटौंडा –१० स्थित ट्याम्पोपार्क, हेटौंडा–४ स्थित हुप्रचौर र शितलमहल चोकबाट १६ केजी पटाका बरामद भएको प्रहरीले जनाएको छ । "/>

हेटौंडामा १६ केजी पटाका सहित चारजना पक्राउ

हेटौंडामा १६ केजी पटाका सहित चारजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

हेटौंडा, ३१, असोज
प्रहरीले हेटौंडाका विभिन्न स्थानबाट १६ केजी पटाका सहित चारजनालाई नियन्त्रणमा लिएको छ । हेटौंडा –१० स्थित ट्याम्पोपार्क, हेटौंडा–४ स्थित हुप्रचौर र शितलमहल चोकबाट १६ केजी पटाका बरामद भएको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेमा वीरगञ्ज महानगर –९ बस्ने वर्ष २४ का अशीष साह, हेटौंडा –१ बस्ने २६ वर्षीय किसान बानियाँ, हेटौंडा –४ बस्ने ५५ वर्षीया शशि सिलवाल र मकवानपुरको मनहरी गाउँपालिका –५ बस्ने २७ वर्षीय राम लामिछाने छन् । प्रहरीका अनुसार रकेट, बम, चक्र, फूलझरी पटाका, सानो फूलझरी पटाका, नागिन पटाका, राधेचक्र पटाका तथा अन्य विभिन्न किसिमका पटाकाहरू गरी करिब १६ किलो पटाका बरामद गरिएको छ । तिहार र छठ लगायत पर्वमा हुनसक्ने पटाका लगायत विष्फोटक पदार्थ जिल्ला भित्रन नदिन मकवानपुर प्रहरीले नाकामा उच्च सुरक्षा सर्तकता अपनाएको छ । विशेष गरी भारत तथा तराईका जिल्ला हुँदै पटाका लगायत विष्फोटक पदार्थ भित्रने गरेको भन्दै प्रहरीले कुकुर प्रयोग गरी सवारी चेकिङ गरिरहेको छ ।
नयाँपत्रिकाबाट

Logo