गैर आवासीय नेपालीको सहयोगमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना

गैर आवासीय नेपालीको सहयोगमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना

केन्द्रबिन्दु
0
Shares

नवलपरासी, ३० असोज ।

गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि पहल थालिएको छ ।

लिभर फाउण्डेसन नेपालको अगुवाइ र विश्वभर रहेका फाउण्डेसनको शाखामार्फत आर्थिक सहयोग जुटाइ नेपालमै पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना गर्न लागिएको हो ।

मिर्गौलाको समस्याका कारण कुनै पनि नेपालीले समयमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले उक्त केन्द्र स्थापनाका काम अघि बढाइएको फाउण्डेसनका अध्यक्ष उमेशजंग रायमाझीले जानकारी दिए ।

सहयोगका लागि विश्वभर रहेका गैर आवसीय नेपाली सहयोगका लागि तयार भएकाले सम्बन्धित देशका आफ्नो शाखामार्फत सहयोग संकलन गर्ने योजना फाउण्डेसनको छ ।

नेपालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि अमेरिकामा रहेका नेपालीबाट सहयोगको अभियान थालनी गरिएको एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले जानकारी दिए ।

मिर्गौलाको समस्याबाट पीडित फाउण्डेसनका अध्यक्ष रायमाझीको भारतमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको र स्वास्थ्यमा सुधार आएपछि उनी यो सामाजिक अभियानमा लागेका हुन् ।

नेपालमा मिर्गौलाको सबै प्रकारको उपचार गर्ने सुविधा सम्पन्न अस्पतालसहितको मिर्गौला प्रत्यारोपण केन्द्र नभएकाले अध्यक्ष रायमाझीले अब कुनै पनि नेपालीमा देखिने मिर्गौला रोग सम्बन्धी समस्या समाधानका लागि सो कार्यको थालनी गरिएको जानकारी दिए ।

मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि केही गैर आवासीय नेपालीले रु ६ लाख भन्दा बढी रकम सहयोग गरिसकेका छन् । अमेरिका निवासी एनआरएन अध्यक्ष पौडेलबाट रू एक लाख, डा राजेश पोखरेलबाट रू एक लाख, विश्व आदर्श पण्डितद्वारा ५० हजार, कृष्ण लामिछानेबाट रू ५० हजार, धर्म भट्टराईबाट रू ५० हजार, कृष्ण लामिछानेबाट रू ५० हजार, विष्णु शाहाबाट रू ५० हजार, बुद्धिसागर सुवेदीबाट रू ५० हजार, पोर्चुगल निवासी कृष्ण दमालबाट रू ५० हजार, जापान निवासी कपिलदेव थापाबाट रू एक लाख र बेल्जियम निवासी सीता सापकोटाबाट रू ५० हजार उपलब्ध भएको थियो

सो अभियानका मुख्य अभियान्ता बस्नेतसहित अन्य अभियान्ता नेपाली काँग्रेसका नेताद्वय धनराज गुरुङ, प्रदीप पौडेल र एनआरएन अमेरिका अध्यक्ष पौडेल लगायतले नेपालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना हुनुमा राष्ट्रकै गौरव भएकाले सबैले मिलेर केन्द्र छिट्टै स्थापना गर्नुपर्नेमा जोड दिए । रासस

Skip This
Skip This
Logo