काठमाडौँ, २८, असोज
व्यवस्थापिका–संसदमा विचाराधीन राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र वाम गठबन्धन दलबीच दूरी बढेको छ । "/>

राष्ट्रिय सभामा कांग्रेस र वाम गठबन्धन बीच दूरी बढ्यो

राष्ट्रिय सभामा कांग्रेस र वाम गठबन्धन बीच दूरी बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २८, असोज
व्यवस्थापिका–संसदमा विचाराधीन राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र वाम गठबन्धन दलबीच दूरी बढेको छ । राष्ट्रिय सभा गठन सम्बन्धी सहमति नजुटेपछि अब अध्यादेशको बाटोमा पुगेको छ । सरकारले यसअघि बहुमतीय प्रणालीबाट राष्ट्रिय सभा गठन हुनेगरी विधेयक संसदमा दर्ता गरेको थियो । तर पछिल्लोपटक एकल संक्रमणका आधारमा हुने प्रावधान राख्न खोजेपछि विवाद उत्पन्न भएको हो ।

प्रमुख तीन दलबीच बिहीबार सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय सभासम्बन्धी छलफल भए पनि सहमति जुट्न सकेन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजोको बैठकमा राष्ट्रिय सभा निर्वाचन ऐन एकल संक्रमणकालीन आधारमा निर्वाचन गर्नुपर्ने प्रस्ताव आफूहरूले राखेको र एमालेले बहुमतीय आधारमा गर्नुपर्छ भन्ने धारणा राखेको जानकारी दिए । प्रमुख दलको बैठकमा राष्ट्रिय सभाका विषयमा सहमति नजुटेपछि तीन दका शीर्ष नेता शुक्रबार सँगै बसेर निकास दिने सहमति गरेका छन् ।
राजधानीबाट

Skip This
Skip This
Logo