यी जातिमा आफ्नै आमाले गर्छन् बच्चाको हत्या, किन होला ?

यी जातिमा आफ्नै आमाले गर्छन् बच्चाको हत्या, किन होला ?

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २७ असोज ।

अक्सर गर्भवती महिलाहरु सोच्छन्, बच्चालाई कसरी गोरो बनाउने होला । गोरो हुनु राम्रोको प्रतीक मानिन्छ, हामीकहाँ । त्यसैले फेयर एन्ड लभ्ली जस्ता उत्पादनको बजार बढिरहेको हो ।

तर, यस्ता पनि जाति छन्, जसलाई सेतो छाला वा अनुहार पटक्कै मन पर्दैन । उनीहरुका निम्ति त सेतो छाला अभिशाप नै हो । त्यो पनि टाढाको कुरा होइन, भारतको ।

भारतको केन्द्र शासित प्रदेश अन्डमान–निकोबार द्वीपमा बस्ने जारवा जनजातिको सोचाइ यस्तै छ । उनीहरु सेतो छाला रुचाउँदैनन् । नरुचाउने मात्र पनि कहाँ हो र ? यदि सन्तान त्यस्तो पैदा भयो भने हत्या गरिदिन्छन् । त्यो पनि आफ्नै आमाको हातबाट ।

उनीहरुले सदियौंदेखि यस्तो परम्परा मान्दै आएका छन् । जारवा जनजातिका यी व्यक्तिहरु निख्खर कालो वर्णका हुन्छन् । र, उनीहरुले खोज्ने सन्तान पनि त्यस्तै हो । अर्थात्, कालै हुनुपर्छ ।

यदि बच्चाकी आमा विधवा भइन् वा महिलाको पति दोस्रो समुदायको छ भने पनि त्यसबाट जन्मिएको बच्चा मारिदिन्छन् ।

भनिन्छ, यो जाति सन् ९० को दशकमा पहिलोपटक जनजाति दुनियामा सम्पर्कमा आएका थिए । उनीहरुलाई बाहिरका व्यक्तिसँग सम्पर्क गर्न पूर्ण वर्जित छ ।

(एजेन्सीको सहयोगमा)

Logo