केन्द्रविन्दु सम्बाददाता
काठमाडौँ, २७ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको ४ दिनसम्म अनुसन्धान गर्दा प्रहरीले केही नयाँ तथ्य फेला पारेको छ । प्रहरीले घटनामा रातो रङको पल्सर मोटरसाइकल प्रयोग भएको बताएको छ ।
गौचनको हत्या काण्डको घटनाबारे अनुसन्धानको साथै अपराधी पक्राउ गर्न गठित समितिद्वारा अहिले गहन रुपमा अनुसन्धान भईरहेको घटनाबारे अनुसन्धान गर्न बनेको समितिका संयोजक डिआइजी गणेश केसीले बताए । उनले टोलीले घटनामा प्रयोग भएको मोटरसाइकल प्रत्यक्षदर्शीको सहयोगमा पहिचान गरी घटनामा संलग्न ब्यक्तिहरुको स्केच तयार पारीरहेको संयोजक डिआइजी केसीले जानकारी दिए ।
संयोजक डिआइजी गणेश केसीले घटनामा प्रयोग भएको मोटरसाइलको पहिचानको नजिक पुगेको बताएका छन् । उनले घटनामा संलग्न केही व्यक्तिको पहिचान गर्ने काम गहन रुपमा भइरहेको बताएका छन् ।
डिआइजी केसीले अपराधीलाई पक्राउ गर्न अनुसन्धान गहिरो रुपमा अगाडि बढाएको पनि बताए । सोमबार दिउँसो गौचनलाई गोली हान्न आएका अज्ञात ब्यक्तिले गुलाबी रंगको टिसर्ट र सोही रंगको हेलमेट लगाएको एक प्रहरीले बताए ।





























प्रतिक्रिया