विराटनगर, २७, असोज
उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेस बीच निर्वाचन अगाडि पार्टी एकीकरकण हुन सक्ने बताएका छन् । विराटनगर विमानस्थलमा हिजो साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस सम्बन्धमा दुवै पार्टीका नेताहरु बीच छलफल भई सहमति पश्चात बृहत लोकतान्त्रिक गठबन्धन निर्माण हुने र यसमा अन्य साना दल समेत सहभागी हुने बताए । उपप्रधानमन्त्री गच्छदारले वर्तमान सरकार तोकिएको समयमै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउने सम्बन्धमा सबैलाई ढुक्क हुन पनि आग्रह गरे । राप्रपालाई सरकारमा सहभागी गराउने गरी सहमति भए अनुसार नै प्रधानमन्त्रीले आफ्नो अधिकारको प्रयोग गरी सरकारमा लैजान लागेको उनको भनाइ थियो ।
रासस





























प्रतिक्रिया