केन्द्रबिन्दु डेस्क । काठमाडौं, २६ असोज ।
सफल कसरी हुने, धनी कसरी हुने भन्ने कुरामा हामीले त्यही व्यक्तिको विचार, कार्यशैलीलाई अनुशरण गर्नुपर्छ, जसले वास्तवमै सफलता हासिल गरेका छन् । जस्तो कि, स्टिव जब्स ।
विश्वका सर्वाधिक लोकप्रिय कम्प्युटर ब्रान्ड ‘एप्पल’का सह–संस्थापक हुन् उनी । उनै स्टिब जब्सले कसरी सफल हुने भन्ने कुरामा आफ्नो अनुभव साझा गरेका छन् ।
१. तपाईसँग निश्चित समय छ
तपाईसँग निश्चित समय छ भने त्यसलाई तपार्इं आफ्नै लागि सदुपायोग गर्नुहोस् । अनावश्यक कुरामा अल्झिएर समय बर्बाद नगर्नुहोस् ।
२. अरूको राय आफूमाथि हावी हुन नदिनुहोस्
अरूको विचारलाई हामीमाथि त्यति धेरै हावी हुन नदिनुहोस् जसले गर्दा आफ्नो भित्री आवाज सुन्न नसकियोस् । सधै आफ्नो दिल र दिमागले चल्नुहोस् ।
३. परिवर्तनको आवश्यकता
पछिल्लो ३३ वर्षमा मैले स्वयमलाई ऐनामा हेर्दै आएँ । तर, मैले हरेक दिन स्वयमलाई सोधेँ– यदि आज मेरो जीवनको अन्तिम दिन हो भने मे के गर्न चाहन्छु ? तर, कहिले मैले यसको जवाफ सुनिन । म जान्दछु, मैले बदलिनुपर्छ ।
४. त्यही गर्नुहोस्, जसको मूल्य छ
मर्ने समयमा सबैभन्दा धनी व्यक्ति बनेर मर्नुमा मलाई कुनै मतलब छैन । हरेक रात ओछ्यानमा गएर राती यही सोच्छु, आज पूरा दिन मैले नयाँ के गरेँ ? यसले मेरो जीवनमा के महत्व राख्दछ ?
५. सोच सफा राख्नुहोस्
तपाईंले धेरै मिहिनेत गर्नुपर्छ ताकि तपाईको सोच स्वच्छ बनिरहोस् । सोचलाई सफा र सरल बनाउनु पर्छ । यसका लागि मिहिनेत गर्नुपर्छ । मिहिनेतबाट मिल्ने यस्तो सोच परिणामका लागि ठुलो मूल्य राख्छ । किनभने यो पाएर तपाईं पहाडलाई पनि हल्लाउन सक्नुहुनेछ ।
६. राम्रो काम गर्नुहोस र अघि बढ्नुहोस्
यदि तपाई कुनै राम्रो काम गर्न चाहनुहुन्छ भने त्यसको नतिजा पनि राम्रो हुनुपर्छ । त्यसेलै यसका लागि तपाईले केही नयाँ सोच्नुपर्छ । तपाईं कहिलेसम्म एकैखाले काम गरिरहनुहुन्छ ? सोच्नुहोस् अब तपाईंको लागि अलग काम के छ ?
७. विश्वास गर्नुहोस्
तपाईले कुनै पनि कुरालाई विश्वास गर्नुपर्छ । तपाईको साहस, संभावना, भाग्य, जीवन, ऊर्जा वा कर्म जसमा पनि विश्वास गर्नुहोस् । यो दृष्टिकोणले तपाईलाई कहिल्यै गिर्न दिनेछैन ।
८. अनुशासन
केही समयसम्म मनपर्दो विचार र नयाँ प्रौद्योगिकको खोज गरेपछि एक कम्पनीलाई परिवर्तन गर्न वर्षौ समय लाग्छ । यो सबै गर्नका लागि एकदमै अनुशासनको आवश्यकता छ ।
९. नडगमगाउनुहोस्
कहिले कहिले जिन्दगीले तपाईको टाउकोमा इँटा पनि बजार्न सक्छ । तर, यस्तोमा तपाईको विश्वास हराउनु हुँदैन ।
१०. उत्पादनको डिजाइन
कुनै विशेष समुदायलाई ध्यानमा राखेर उत्पादन डिजाइन गर्न एकदमै मुस्किल हुन्छ । किनभने धेरैलाई थाहा छैन, उनीहरू के चाहन्छन, जबसम्म उनीहरूलाई तपाईले देखाउनु हुनेछैन ।
११. जब कुनै समस्या आउँछ
जब कुनै समस्या आउँछ, अनायास मानिसहरू सोध्छन्, यो के भयो ? जबकि साहसी युवा सोध्छन्, यससँग हामीले कसरी जुध्न सक्छौँ ?
१२. त्यही काम गर्नुहोस् जहाँ सन्तुष्ट हुनुहुन्छ
तपाईको कामले जिन्दगीलाई सन्तुष्ट तुल्याउनु हो । र, सन्तुष्टि प्राप्त गर्नका लागि त्यही गर्नुहोस्, जसमा तपाई विश्वस्त हुनुहुन्छ । महान काम गर्नेको एकै तरिका छ, तपाई जे गर्नुहुन्छ, त्यसलाई प्रेम गर्नुहोस् ।
कोही मर्न चाहँदैनन् । त्यो व्यक्ति जो स्वर्ग जान चाहन्छन्, ऊ पनि मर्न चाहँदैन । तर, मृत्युले कसैलाई बचाउँदैन । मृत्यु जिन्दगीको श्रेष्ठ आविष्कार हो । यो जीवन परिवर्तन गर्ने माध्यम हो, जसले पुरानो मेटाएर नयाँ देखाइदिन्छ ।
१३. गुणस्तरमा विश्वास गर्नुहोस्
गुणवत्तामा विश्वास गर्नुहोस् । हामीले अलग बाटो रोज्यौं । हामीलाई विश्वास छ, यदि उपभोक्तालाई राम्रो एवं गुणस्तरीय उत्पादन दियौँ भने उसले आफ्नो पर्स खोलिरहन्छ ।
(एजेन्सीको सहयोगमा)































प्रतिक्रिया