काठमाडौं,२६, असोज
उद्योग विभाग मार्फत् चालू आर्थिक वर्षको पहिलो २ महिनामा विभिन्न १८ देशबाट झन्डै साढे ३ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । साना तथा मध्यम लगानीका लागि प्रवेशद्वार मानिने विभागमा चालू आवको भदौ सम्ममा ३ अर्ब ४३ करोड रुपैयाँको लगानी सहित ६४ उद्योग दर्ता भएका छन् । यी उद्योगबाट २ हजार रोजगारी थप्ने अनुमान गरिएको छ । विभागले कृषि तथा वन्यजन्तु, निर्माण, उर्जामूलक, उत्पादनमूलक, खनिज, सेवा, पर्यटन र सूचना तथा प्रविधि विधामा प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउँदै आएको छ ।
कारोबारबाट





























प्रतिक्रिया