रसुवा,२६, असोज

रसुवामा कार्तिक महिनादेखि स्वदेशी पर्यटकको पनि तथ्याङ्क राखिने भएको छ। "/>

अब रसुवामा पुग्ने स्वदेशी पर्यटकको पनि तथ्याङ्क राखिने

अब रसुवामा पुग्ने स्वदेशी पर्यटकको पनि तथ्याङ्क राखिने

केन्द्रबिन्दु
0
Shares

रसुवा,२६, असोज

रसुवामा कार्तिक महिनादेखि स्वदेशी पर्यटकको पनि तथ्याङ्क राखिने भएको छ। जिल्लामा पछिल्लो समय स्वदेशी पर्यटकको आगमनमा वृद्धि हुन थालेपछि लाङटाङ राष्ट्रिय निकुञ्जले तथ्याङ्क राख्न लागेको हो।

जिल्ला भित्रिने स्वदेशी पर्यटकको तथ्याङ्क नराख्दा पर्यटक हराउने, असुरक्षा बढ्ने, यकिन तथ्याङ्क नभेटिने लगायतका समस्या आउने गरेका छन् । हिमाली राष्ट्रिय निकुञ्ज नियमवाली २०३६ अनुसार नेपालीलाई शुल्क नलाग्ने भएकाले तथ्याङ्क राख्ने नगरिएको निकुञ्जले जनाएको छ। वार्षिक २५ करिब हजार स्वदेशी पर्यटक जिल्ला भित्रिने गरेको अनुमान छ। अन्य क्षेत्रमा होटल व्यवसायीले स्वदेशी पर्यटकको तथ्याङ्क राख्ने गरेको तर यहाँ त्यो अवस्था नरहेको बताउँदै उनले अबका दिनका होटललाई समेत तथ्याङ्क राख्नका लागि निर्देशन दिने बताएका छन्।
नागरिकबाट

Skip This
Skip This
Logo