चितवनमा थप दुई संक्रमितको मृत्यु

चितवनमा थप दुई संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितवन । भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-१० का ७९ वर्षीय पुरुषकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । उनी कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि १६ गते अस्पताल भर्ना भएका थिए । उनकाे सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

त्यस्थै धादिङकी ६१ वर्षीया एक महिलाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । श्वासप्रश्वासमा समस्या भएकी धादिङको नीलकण्ठ नगरपालिका- ३ की ६१ वर्षीया महिलाको आजै बिहानै मृत्यु भएको पौडेलले बताए ।

Skip This
Skip This
Logo