कञ्चनपुर, २५ असोज
प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार कञ्चनपुरको बेदकोट नगरपालिकाबाट चार किलोग्राम लागूऔषध चरेश सहित एक युवकलाई पक्राउ गरेको छ । "/>

चार केजी चरेश सहित युवक पक्राउ

चार केजी चरेश सहित युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर, २५ असोज
प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार कञ्चनपुरको बेदकोट नगरपालिकाबाट चार किलोग्राम लागूऔषध चरेश सहित एक युवकलाई पक्राउ गरेको छ ।सुदूरपश्चिम क्षेत्रीय ब्यूरोबाट खटिएको प्रहरी नायब निरीक्षक लोकराज भट्ट नेतृत्वको टोलीले बेदकोट नगरपालिका–९ लालपुरदेखि बागफाँटातर्फ गइरहेका दार्चुला ग्वानी–६ का कृष्ण डाँगालाई चरेश सहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले चरेश र अभियुक्त जिल्ला प्रहरीमा राखेर कारबाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिएका छन् ।
रासस

Logo