काठमाडौं, २४, असोज
गैरविशेषज्ञ चिकित्सकले गर्ने शव परीक्षण (पोस्ट मार्टम) प्रति विश्वस्त हुन नसक्दा उपत्यका बाहिरका मृतकका परिवार मृत्युको कारण पत्ता लगाउन शव राजधानी ल्याउन बाध्य भएका छन् । "/>

विशेषज्ञ नहुँदा जिल्लाका शव राजधानीमा थुप्रिंदै

विशेषज्ञ नहुँदा जिल्लाका शव राजधानीमा थुप्रिंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २४, असोज
गैरविशेषज्ञ चिकित्सकले गर्ने शव परीक्षण (पोस्ट मार्टम) प्रति विश्वस्त हुन नसक्दा उपत्यका बाहिरका मृतकका परिवार मृत्युको कारण पत्ता लगाउन शव राजधानी ल्याउन बाध्य भएका छन् । शव परीक्षण गर्न एमबीबीएस पछि थप तीन वर्ष फरेन्सिक मेडिसिनमा विशेषज्ञता हासिल गर्नुपर्ने प्रावधान छ । तर उपत्यकाबाहिर भरतपुर, पोखरा र धरानमा मात्र विशेषज्ञ सेवा उपलब्ध रहेकाले अन्य ठाउँका शव परीक्षण गर्न राजधानी नै ल्याउनुपर्ने बाध्यता छ ।

शंकास्पद मृत्यु भएकाको शव परीक्षणको चाप महाराजगन्ज मेडिकल कलेजमा परेको छ । बाहिरबाट शव धेरै आउन थालेपछि कलेजको फरेन्सिक मेडिसिन विभागलाई त्यसको व्यवस्थापनमा कठिनाइ परेको छ । भूकम्पपछि आईसीआरसीले विभागलाई दिएको ४८ वटा शव अटाउने मोबाइल कन्टेनर बिग्रिएर थन्किएको छ । संस्थाले बनाइदिएको शव राख्ने ‘कोल्ड रुम’ पनि बन्द हुन पुगेको छ । विभागमा पछिल्लो डेढ वर्षमा २२ सयभन्दा धेरै शव परीक्षण भएको छ । ती मध्ये आधा उपत्यका बाहिरका हुन् ।
अन्नपूर्णपोष्टबाट

Logo